सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कर्जा योजना सार्वजनिक
काठमाडौं, साउन १४ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला सेयर कर्जा योजना सार्वजनिक गरेको छ ।
यस योजनामा ९.९९ प्रतिशत व्याजदरमा सेयर खरीद अगाडीनै कर्जा सीमा प्रदान गरिने तथा आपूmसँग भएको सेयर धितो राखेर पनि कर्जा लिन सकिने बैंकले जनाएको छ ।
सेयर कर्जा योजना अन्र्तगत ग्राहकले आवश्यकताअनुुुसार कर्जा सीमा थप-घट गर्न सक्ने जनाएको छ ।
बैंकलाई आम जनमानसले गरेको विश्वास र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको पनि बैकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस्