कुमारी बैंकका ग्राहकले अब सिद्धार्थ होटल तथा रेस्टुरेन्टमा विशेष छुट पाउने
काठमाडौं , साउन १४ । कुमारी बैंकका ग्राहकले अब सिद्धार्थ होटल तथा रेस्टुरेन्टमा विशेष छुट पाउने भएका छन् । कुमारी बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका बीच विशेष सेवाहरुमा छुटको प्रावधान सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता पत्रमा कुमारी बैंकका रिलेसनसिप म्यानेजर उदित बहादुर सिंह तथा सिद्धार्थ बिजनेस ग्रुपका सेल्स तथा मार्केटिङ्ग निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरे । बैंकको प्रधान कार्यालय टंगाल स्थित एक संक्षिप्त कार्यक्रममा आधिकारिक रूपमा उक्त छुट सम्बन्धी सम्झौता गरिएको हो ।
उक्त सहकार्य पश्चात डेबिटरक्रेडिट कार्डवाहकहरुलाई कुमारी बैंकको कार्डमार्फत भुक्तानी गर्दा, सुविधानगर स्थित उक्त सिद्धार्थ बिजनेस ग्रुपअन्तर्गतका होटेल रेस्टुरेन्टहरुमा खानपानमा १०५ सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी, ग्राहकहरुले होटेल बसाईमा रुम शुल्कमा पनि आकर्षक कर्पोरेट छुट प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्