दार्चुलामा पहिरोमा पुरिएर एक दम्पतीको मृत्यु

काठमाडौं, साउन १३ । दार्चुलामा पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको छ ।

जिल्लाको दुहू गाउँपालिका ३ सलेखेतीमा पहिरोले घर पुरिदा स्थानीय ५० वर्षका रामदत्त जोशी र उनकी ४५ बर्षकी श्रीमती इन्द्रा जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सोमबार राति पहिरोले घर पुरेपछि उनीहरु बेपत्ता भएका थिए । पहिरो खस्नुअघि घरबाट निस्किएका उनका छोरा सुनील जोशी भने बाँच्न सफल भएका छन् ।

सुनिलले नै प्रहरीलाई पहिरोले घर पुरेको खबर गरेका थिए । प्रहरीले मंगलबार बिहानैदेखि बेपत्ता दुबै जनाको खोजी गरेको थियो ।

‘अहिले दुबै जनाको शव फेला परेको र केहि चौपाया समेत मरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले बताए ।-फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्