कालीकोटमा बाढी र पहिरोमा परी ६ जना बेपत्ता
काठमाडौं, साउन १३ । कालीकोटमा बाढी र पहिरोमा परी ६ जना बेपत्ता भएका छन् । कालीकोटको रास्कोट नगरपालिका(१, मा बाढी र पहिरो गएको हो । रास्कोट(१, बडलतोलामा गंगे खहरे खोलामा सोमबार राति आएको बाढीले राजबहादुर शाहीको घर बगाउँदा उनीसहित पाँचजना बेपता भएका छन् ।
बेपत्ता हुनेमा राजबहादुरकी १५ वर्षीया छोरी संगीता शाही, १२ वर्षीया कौशा शाही, ८ वर्षीय छोरा नवीन शाही र १५ वर्षीया साली अस्मिता रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए ।
‘प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेका छन् । जिल्लाबाट थप प्रहरी घटनास्थलतर्फ गइरहेको छ,’ प्रहरी निरीक्षक जोशीले भने, ‘अहिले पनि पानी पर्ने र पहिरो जाने क्रम नरोकिएकाले खोजी कार्य गर्नसमेत असहज भैरहेको छ ।’
साथै, सोही वडाको चोक्टेबगरमा टेके टमाटाको घर पहिरोले पुरिँदा पाहुँना आएकी १४ वर्षीया बेलपुरा शाही बेपत्ता भएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्