सांग्रिला डेभलपमेन्ट बैंकको घर कर्जा योजना सार्वजनिक

काठमाडौं , साउन १३। सांग्रिला डेभलपमेन्ट बैंकको घर कर्जा योजना सार्वजनिक गरिएको छ ।
बैंकले आफ्नो ग्राहक महानुभावहरुको सुबिधालाई ध्यानमा राखी सांग्रिला घर कर्जा योजना सार्वजनिक गरेको हो । यस योजनामा ९।९९ प्रतिशत व्याजदरमा सांग्रिला घर कर्जा ल्याएको छ ।

यस घर कर्जा योजना अन्तर्गत ग्राहक महानुभावले आफनो आवश्यकता अनुसार नयाँ आवासीय जग्गा खरिद, आवासीय घर निर्माण तथा अपार्टमेण्ट खरिदका लागि कर्जा लिन सक्नेछन् । यस कर्जा अन्र्तगत ग्राहकलाई अक्षरेपी रु।पचास हजारको कोरोना बीमा तथा अक्षरेपी रु।पाँच लाख सम्मको दुर्घटना बीमा समावेश गरिएको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्