एमसीसीबारे अमेरिकी चासो, रक्षामन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं, साउन ११ । अमेरिकाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राखेको छ ।

आइतबार उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमसीसीका विषयमा चासो राख्नु भएको हो ।सत्तारुढ दल नेकपाकै नेताहरु एमसीसी अनुमोदनका विषयमा विभाजित भएका बेला राजदूत बेरीले भेट गर्नुभएको हो ।

गत जेठ १६ गते संसदबाट पारित गरिसक्नु पर्ने एमसीसी पारित हुन नसकेपछि नेपालले गरेको आन्तरिक तयारीबारे राजदूत बेरीले उपप्रधानमन्त्रीलाई भेटेर यसबारे छलफल गर्नुभएको हो ।

भेटमा राजदूत बेरीले एमसीसीको विषयमा के भइरहेका छ भन्दै चासो राख्नुभएको रक्षा मन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले बताउनुभयो ।

भेटमा बेरीले विश्वका अन्य देशहरुबाट माग भइरहेको सन्दर्भमा नेपालले किन ढिला गरिरहेको छ भन्दै चासो राख्नुभएको सहसचिव सुनारले जानकारी दिनुभयो ।

भेटमा बेरीले छिमेकी भारतमा एक दिनमा लाख बढी जनतामा कोरोना पोजेटिभ देखिएको सन्दर्भमा नेपालले बनाएको योजनाबारे पनि चासो राख्नु भएको थियो ।

अमेरिकाले सुरुमा केही कमजोरी गरेका कारण अहिले समस्या बढेर गएको उल्लेख गर्दै बेरीले संक्रमण नियन्त्रण गर्दै आर्थिक गतिविधि सञ्चालनका लागि सावधानी अपनाउन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्