मनसुन सुरु भएयता बाढी पहिरोमा परी १३० को मृत्यु, ५१ जना बेपत्ता

काठमाडौं, साउन ११ । मनसुनको सक्रियतासँगै आएको बाढी पहिरोमा परी १३० जनाले ज्यान गुमाएका छन् । ५१ जना बेपत्ता छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जेठ ३० गतेबाट मनसुन सुरु भएयता सबैभन्दा बढी पहिरोमा परेर मानिसको ज्यान गएको छ।

बाढीका घटनामा तीनजनाको मृत्यु, ६ जना बेपत्ता र एकजना घाइते भएका छन्। मनसुन सुरु भएयता चट्याङ लागेर १७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्।

मनसुन यता पहिरोका घटनामा परी १२७ जनाको मृत्यु भएको छ। पहिरोमा परी ४५ जना बेपत्ता छन् भने ११४ जना घाइते भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्