संक्रमणको दर बढ्यो, मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रायलको निर्देशन
काठमाडौं , साउन ११ । कोरोना भाइरस कोभिड १९ को जोखिम बढ्दो क्रममा रहेको छ । सरकारले लकडाउन खोले पनि कोरोना भाइरस संक्रमणको दर बढिरहेको छ । यस वेला मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।
आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भनिएको हो ।
मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले बताए अनुसार मास्क नलगाउनेलाई पक्राउ गर्न भनी यसअघि जारी गरिएको निर्देशन कडाइका साथ लागू गर्न भनिएको छ ।
पछिल्लो समय जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्न सक्ने उल्लेख गर्दै यो परिपत्र जारी गरिएको अधिकारीको भनाइ छ ।साथै, कारबाहीको विवरण पनि दैनिक रुपमा हरेक जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा बुझाउनुपर्ने छ ।
मास्क नलगाएको आरोपमा पक्राउ पर्ने व्यक्तिविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्छ ।
यसैबीच आजमात्रै प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको प्रहरी प्रवक्ता डिआइजी निरजबहादुर शाहीले जानकारी दिए ।











प्रतिक्रिया दिनुहोस्