सनराइज बैंकको ४० वर्षे अवधिको घर जग्गा कर्जा योजना सार्वजनिक

काठमाडौं , साउन ११ । सनराइज बैंकले ४० वर्षे अवधिको घर जग्गा कर्जा योजना ल्याएको छ ।

बैंकले ९।९५ प्रतिशत ब्याजदरको सनराइज घर कर्जा योजना ल्याएको जनाएको छ । घर निर्माण, घर तथा जग्गा खरिद र सेयरको धितो कर्जा योजना ल्याएको छ । बैंकले ९.९५ प्रतिशतको सेयर धितो कर्जा योजना पनि ल्याएको छ ।

कोभिड १९ ले अर्थव्यवस्थामा परिरहेको असहज परिस्थितिका बावजुत पनि कर्जा सुविधालाई सहजीकरण गर्ने उद्देश्यले बैंकले नयाँ कर्जा योजना ल्याएको जनाएको छ ।

कर्जा लिन चाहने ग्राहकले विनाझन्झट छिटो छरितो कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकको १३४ स्थानमा फैलिएको शाखाबाट यो सुविधा प्राप्त गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्