उदयपुरमा भरुवा बन्दुक पड्किएर एकको ज्यान गयो

काठमाडौँ , साउन १० । भरुवा बन्दुक पड्किएर उदयपुरमा एकजनाको ज्यान गएको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–५ जातेमा भरुवा बन्दुक पड्किएर स्थानीय विद्याराज राईको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख भीमबहादुर दाहालका अनुसार आफ्नै घरमा भरेर राखेको बन्दुक पड्किँदा राईको घटनास्थलमै ज्यान गएको हो ।

घटनाबारे थप अनुसन्धान गर्न प्रहरी घटनास्थलमा पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्