साढे पाँच लाख घुसहित डिएफओ पक्राउ, श्रीमतीको साथबाट पनि रकम बरामद

काठमाडौं , साउन १० । साढे पाँच लाख घुसहित एक डिएफओ पक्राउ परेका छन् । डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख (डिएफओ) रामबाबु साह पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पँच लाख ५३ हजार घुससहित डिएफओलाई पक्राउ गरेको हो ।

बा २ झ ४१० नम्बरको सोसवारी साधनमालुकाई छिपाई राखेको अवस्थामा साह र निजको श्रीमती किरण साहको साथबाट स्रोत नखुलेको त्यो रकम बरामद गरेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

उनका अनुसार कोशी गाउँपालिका वडा नम्बर ८ सुनसरीबाट उनीहरुलाई उक्त रकमसहित नियन्त्रणमा लिइएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्