ओलीकै सक्रियतामा एमाले दर्ता भएपछि नेकपा संकटमा : प्रचण्ड

काठमाडौं, साउन ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियतामा नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ता भएको आरोप लगाएका छन्। शुक्रबार पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा दाहालले यस्तो आरोप लगाएका हुन् ।

नेकपा दर्ता गर्न प्रधानमन्त्री ओलीकै संलग्नता रहेको भन्दै निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता हुनुले हालको नेकपा संकटमा रहेको उनले उल्लेख गरे। आफू पार्टी फुटाउने पक्षमा नभइ पार्टी एकताकै पक्षमा रहेको दाबी गरे। ‘अझै पनि पार्टीभित्र विधि र विचारको विकासबारे बहस भइरहेको छ। यति सजिलै पार्टी फुट्दैन। सबै नेता कार्यकर्ताहरु विश्वस्त हुनुहोस्’उनले भने ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको सरकार टिकाउन देशभरी भएको प्रदर्शनप्रति पनि असन्तुष्टि व्यक्त गरे। ‘देशभरी जिन्दावाद र मुर्दावाद भनेर मान्छे उतारियो। हामीलाई पनि सोधेका छन्। हामीले अहिले पख्नुस् भनेर मात्रै हो’, उनले भने।

प्रतिक्रिया दिनुहोस्