एभरेष्ट इन्स्योरेन्सको २५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, साउन ९ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लि।को २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कम्पनीको २५ औं वार्षिक साधारणसभाले प्रस्तुत सामान्य तथा विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।सभाले कम्पनीले उपयुक्त समयमा उपयुक्त निर्जीवन बिमा कम्पनीसँग गाभ्ने÷गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी सञ्चालक समितिलाई दिने समेत निर्णय गरेको कम्पनीले जनाएको छ ।

साधारणसभामा सञ्चालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीतिका बारेमा जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्