आज पनि सुनको मुल्यले रेकर्ड तोड्यो, प्रतितोला ९५ हजार ८ सय पुग्यो

काठमाडौं , साउन ९ । सुनचाँदीको भाउ निरन्तर बढेर नयाँ रेकर्ड कायम गर्दै आएको छ । नेपालमा पछिल्लो समय सुनको मुल्यले दिनहुँ नयाँ रेकर्ड कायम गरेको छ ।सुनको भाउ आज एकैदिन एक हजार तीन सय रुपैयाँले बढेर ९५ हजार ८ सय पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मुल्य तोलामा १३ सय रुपैयाँले बढेर हालसम्मको उच्च मुल्य प्रतितोला ९५ हजार ८ सय पुगेको छ ।

यसअघि बिहिबार सुनको उच्च विन्दु प्रतितोला ९४ हजार ५ सय रुपैयाँ रहेको थियो ।

यस्तै, आज तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ३६५ निर्धारण भएको छ । चाँदीको मुल्य प्रतितोला ११ सय ५० रहेको छ । जुन हालसम्मकै उच्च मुल्य रहेको महासंघले जनाएको छ ।यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघले आज ९शुक्रबार० का लागि तेजाबी सुनको भाउ तोलाको ९५ हजार ३ सय ६५ तोकेको छ ।

यस्तै चाँदीको भाउ पनि निरन्तर बढेर तोलाको एक हजार एक सय ५० रुपैयाँ पुगेको छ । हिजो ९बिहीबार० तोलाको ११ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्