स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न राष्ट्रपतिद्वारा सबैमा आग्रह

काठमाडौं, साउन ८ । पछिल्लो समय कोरोनाले अक्रान्त बनेको विश्व यति बेला कोरोनाको सामना गरिरहेको छ । यता कोरोनाका कारण नेपाल लगाएत धेरै देशमा लकडाउन गरिएको थियो । तर केहि देशमा लकडाउन खुकुलो भएको छ भने केहि देशमा अन्त्य पनि भएको छ । यता नेपालमा पनि लकडाउनको अन्त्य भएको घोषणा गरिएको छ तर बिरामी भने दिनानुदिन बढि रहेका छन् ।

यसैबीच यता राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी सरल बनाए पनि स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गरेकी छन् । आज ट्वीट गर्दै उनले कोभिड–१९ बाट बच्न सबैलाई स्वास्थ्यसम्बन्धी नियम पालना गर्न आग्रह गरेकी हुन् । ‘जनजीवनलाई सहज पार्न सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि, कोरोना महामारीको जोखिम टरिसकेको छैनु, उनले ट्वीटमा भनेकी छन् ।

कोभिड–१९ का कारण सरकारले गत चैत ११ गतेदेखि जारी राखेको बन्दाबन्दी गएराति १२ बजेदेखि हटाएको छ । अहिलेसम्म नेपालमा कोभिड–१९ को सङ्क्रमण १८ हजार ९४ जनामा देखिएको छ भने ४२ जनाको यसबाट मृत्यु भएको छ । देश अनलकडाउन भयो भन्दैमा हामीले जथाभावी जान र लापरर्वाही गर्नु भएन । यसबाट बच्न सजक र सावधानी अपनाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्