पहिरोले ३० भन्दा बढी सडक अवरुद्ध , मलेखु–मुग्लिन खण्ड भोलि दिउँसोसम्म खुल्ने

काठमाडौं , साउन ८ । केहिदिन यता देशमा वर्षा भइरहेको छ । लगातार भइरहेको वर्षाले विभिन्न ठाउँमा सडक तथा राजमार्ग ठप्प छन् । यसैबीच अविरल वर्षाका कारण बाढी–पहिरो जाँदा देशका विभिन्न राजमार्गका ३० भन्दा बढी स्थानमा सडक अवरुद्ध भएका छन् ।

सडक विभागका अनुसार केही खण्ड आज साँझसम्म खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको छ । केही सडक खुलाउन अझै १५ दिनसम्म पनि लाग्नसक्ने विभागले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत पर्ने मलेखु–मुग्लिङ खण्ड भोलि ९शुक्रबार० दिउँसोसम्म खुल्ने भएको छ । विभागका इन्जिनियर शिव खनालले आज साँझदेखि खुलाउने गरी काम भइरहे पनि आजै खुल्ने सम्भावना भने कम रहेको बताए । “मौसमले साथ दिए भोलि दिउँसोसम्म सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौं,” उनले भने ।

विभागका अनुसार पासाङ ल्हामु राजमार्गअन्तर्गत स्याँफ्रु पुलनजिकै पहिरो जाँदा अवरुद्ध भएको सडक शुक्रबारसम्म खुलाउने प्रयास भइरहेको छ । कान्ति लोकपथअन्तर्गतको घट्टे पख–बाघ धारा–शिलालेख–रातोभिर–छपेली–भालुखोला–बिर्खेधारा खण्ड खुलेर पनि पुनः पहिरो गएका कारण अवरुद्ध भएको छ ।

वर्षा बन्द भएपछि यो सडक नियमति हुने विभागले जनाएको छ । यता, गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी–स्याफ्रुबेंसी सडकको मैलुङ–स्याँफ्रु खण्ड खुल्न भने करिब १५ दिन लाग्ने विभागले जनाएको छ । सोही सडकको स्याँफ्रु–रसुवागढी खण्ड शनिबारसम्म खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको विभागले जनाएको छ ।

बेनी–जोमसोम–कोरोला सडकअन्तर्गत खहरे खोला, काइकु कोला र लेते खोलले डाइभर्सन तथा निर्माणाधीन पुल बगाएको, स्ल्याब कल्भर्ट बगाएकाले आगामी १२ गतेअघि यो खण्ड सञ्चालनमा ल्याउन नसकिने विभागले जनाएको छ । सोही खण्डमा पर्ने नर्च्याङ–तातोपानी सडक १० गतेसम्म, रुप्से १२ गतेसम्म खुलाउने गरी काम भइरहेको विभागले जनाएको छ ।

यस्तै म्याग्दीको गलेश्वर खण्ड खुल्न अझै करिब १०–१२ दिन लाग्ने विभागले जनाएको छ । आर्यभञ्ज्याङ–रामपुर खण्डको वासुका–पाल्पा खण्ड पनि अवरुद्ध भइरहेको छ । सडक मात्रै होइन बाढि र पहिरालो कयौं घर विस्थापीत भएका छन भने धेरैको ज्यान गएको छ । पानि पर्ने क्रम जारी नै छ ।

प्रतिक्रिया दिनुहोस्