आज सुनको मुल्यमा इतिहासकै नयाँ रेर्कड : तोलामा पुग्यो ९५ हजार

काठमाडौं, साउन ८ । नेपाली बजारमा आज बिहीबार सुनको मुल्यले अर्को नयाँ रकेर्ड तोडेको छ । हिजो एकै दिन १३ सयले बढेको सुन आज फेरि पाँच सयले बढेर नयाँ रेकर्ड बनाएको छ। आज सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेर हालसम्म नयाँ विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि सुनको मुल्य प्रतितोला ९४ हजार ५ सयमा पुगेर नयाँ रेर्कड कायम गरेको हो ।जुन हालसम्म कै उच्च हो । यस अघि हिजो बुधबार सुनको उच्च विन्दु प्रतितोला ९४ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, आजका लागि तेजावी सुनको मुल्य रु.९४ हजार ६५ तोकिएको छ ।

आज चाँदीको मुल्य पनि उलेख्य मात्रामा बढेको छ । चाँदीको मुल्य प्रतितोला ११ सय ४५ रहेको छ।महासंघका अनुसार चाँदीको मुल्य पनि हालसम्म कै महंगो हो ।

प्रतिक्रिया दिनुहोस्