राष्ट्रपतिले भनिन्- लकडाउन खुले पनि जोखिम घटेको छैन, सतर्क रहनू

काठमाडौं , साउन ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाको जोखिम टरिनसकेकाले स्वास्थ्यसम्बन्धी सबै नियम पालना गर्न सबैलाई आग्रह गरेकी छन्।

सरकारले लकडाउन खुल्ला गरेसँगै कोरोनाको जोखिम झन बढेको सन्दर्भमा राष्ट्रपति भण्डारीले सतर्कता अपनाउन बुधबार आग्रह गरेकी हुन्। ुजनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छु, राष्ट्रपति भण्डारीले ट्वीट गर्दै भनेकी छन्, ‘तथापि कोरोना महामारीको जोखिम टरिसकेको छैन।

स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्दछु।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि नेपालमा कोरोना संक्रमण दर घट्दै गए पनि जोखिम टरिनसकेकाले आवश्यक सर्तकता अपनाउन आग्रह गर्दै आएको छ। सरकारले आजदेखि लागु हुने गरी चैत ११ देखि देशमा लगाएको लकडाउन खुला गर्ने निर्णय लिएको थियो।

यसैबीच झण्डै चार महिनाको लकडाउनको गए रातिदेखि अन्त्य भएसँगै बुधबार काठमाडौंका सडकमा सवारी साधनको चाप बढेको छ । २०७६ चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दी बुधबारबाट औपचारिक रुपमा अन्त्य भएपछि काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढेको हो ।

एक सय २० दिन लामो लकडाउन अन्त्य गर्दै सरकारले अधिकांश क्षेत्रलाई खोलेको छ । सवारी साधन सञ्चालनमा लागू भएको जोर विजोर प्रणाली पनि हटेको छ । त्यसैले काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी चाप बढेको छ ।

प्रतिक्रिया दिनुहोस्