लकडाउनको अन्त्यसँगै काठमाडौंका सडकमा बढ्यो सवारी साधनको चाप

काठमाडौं, साउन ७ । झण्डै चार महिनाको लकडाउनको गए रातिदेखि अन्त्य भएसँगै बुधबार काठमाडौंका सडकमा सवारी साधनको चाप बढेको छ । २०७६ चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दी बुधबारबाट औपचारिक रुपमा अन्त्य भएपछि काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढेको हो ।

एक सय २० दिन लामो लकडाउन अन्त्य गर्दै सरकारले अधिकांश क्षेत्रलाई खोलेको छ । सवारी साधन सञ्चालनमा लागू भएको जोर विजोर प्रणाली पनि हटेको छ । त्यसैले काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी चाप बढेको छ ।बुधबार बिहानैदेखि काठमाडौंका सडकमा निजी तथा भाडाका सवारी साधनको चाप देखियो।

चोकहरूमा सवारी साधनको जाम लागेको थियो। सार्वजनिक बसमा यात्रा गर्ने यात्रुले मास्क लगाएका थिए भने सडकमा पनि बटुवाहरूको आउजाउ बाक्लो देखियो।यस्तै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएका अधिकांश क्षेत्रलाई सरकारले खोलेको छ । यद्यपि केही क्षेहरुमा भने प्रतिबन्ध कायम नै छ । अधिकांश क्षेत्र खुलेपछि जनजीवन समान्य रुपमा फर्कन थालेको छ ।

मानिसहरुको आवागमन बढेपछि काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप बढेको हो । सडकमा निजी तथा सार्वजनिक सवारी सधानहरु बाक्लो संख्यामा देखिएका छन् । सरकारले लकडाउन अन्त्य गरेसँगै जोररबिजोर प्रणाली पनि हटेको छ जसले सडकमा सवारी साधनको संख्या वृद्धि हुँदा जाम भएको हो।

मुख्य मुख्य चोकमा ट्राफिक जाम देखिएको छ । सार्वजनिक बसमा यात्रा गर्ने यात्रुले मास्क लगाएको देखिन्छ भने सडकमा यात्रा गर्ने यात्रुले पनि सतर्कता अपनाएका छन् ।

सरकारले अन्तरजिल्ला सार्वजनिक सवारी साधन सञ्चालन भने भदौ १ गते सम्म बन्द गरेको छ । जनजीवन समान्य बनाउन लकडाउन खोले पनि संक्रमणको जोखि कायम नै रहकोले सतर्क रहन सरकारले आग्रह गरेको छ ।सरकारले अन्तरजिल्ला सार्वजनिक सवारी साधन भदौ १ गतेसम्मका लागि बन्द गरेको छ।

प्रतिक्रिया दिनुहोस्