मुक्तिनाथ विकास बैंकको कर्जामा छुटैछुट, विशेष लाभ योजना ल्यायो सञ्चालनमा
काठमाडौं , साउन ७ । मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरुमा “मुक्तिनाथ ग्राहक विशेष लाभ योजना” नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएकोे छ । यस योजना अन्तर्गत अधिकांश कर्जाहरुमा सीमित अवधिका लागि विभिन्न आकर्षक सेवा तथा सुविधाहरु प्रदान गरिएको छ ।
जसअनुसार न्युनतम ब्याजदर, ४८ कार्य घण्टा भित्र कर्जा स्वीकृती गरिने, नियमित किस्ता तिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट, एक वर्षसम्म कर्जा स्वीकृत हुँदा कायम ब्याजदर परिवर्तन नहुने व्यवस्था गरिएको छ । यस्तै कर्जा सेवा शुल्क अधिकतम १ प्रतिशत, विना सुरक्षण शुल्कमा लकर सुविधा समेत रहेको बैंकले जनाएको छ ।
यसका साथै, बैंकबाट कर्जा लिएका ग्राहकहरुले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी सांवा र ब्याज यही २०७७ श्रावण मसान्तसम्ममा चुक्ता गरेमा कर्जाको ब्याजदरमा २ प्रतिशत सम्मको छुट प्रदान गर्ने व्यबस्था बैंकले ल्याएको छ ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्