गरिमा विकास बैंकले ल्यायो ‘सजिलो घर कर्जा योजना’
काठमाडौं, साउन ७ । गरिमा विकास बैंकले सजिलो घरकर्जा योजना ल्याएको छ । आफ्नै घर बनाउन चाहनेहरूका लागि बैंकले ‘सजिलो घर कर्जा योजना’ ल्याएको हो ।
बैंकका अनुसार यो योजनामा सहभागी ग्राहकले कर्जा लिँदा २ वर्षसम्म ब्याज मात्र भुक्तानी गर्न सक्ने छन् । लागत बराबरको सम्पूर्ण कर्जा सुविधा उपलब्ध गराउने पनि बैंकले जनाएको छ ।
कोभिड–१९ बाट आर्थिक क्षेत्र धरासायी भएको र धेरैको आयआर्जनका स्रोत घटेकाले यो योजना प्रभावकारी हुने बैंकले अपेक्षा लिएको छ । बैंकले सेवा शुल्कमा ५० प्रतिशत छुटको सुविधा पनि दिने जनाएको छ ।यो योजनाअन्तर्गत ९।९९ प्रतिशत ब्याजदरमा कर्जा लिन सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले जानकारी दिए ।
बैंकले घर निर्माण गर्दा लाग्ने लागतको शतप्रतिशतसम्मको कर्जा लगाने गर्नेसमेत जनाएको छ । यो योजनाअन्तर्गत ३० वर्षसम्मको किस्तामा कर्जा सुविधा उपलब्ध हुनेछ । अन्य बैंक तथा वित्तीय संस्थाबाट घरकर्जा लिएको भए पनि सो कर्जा स्वाप गर्न सकिने बैंकले जनाएको छ । स्वाप गर्दा कुनै पनि कर्जा लाग्दैन ।
प्रतिक्रिया दिनुहोस्