साउन २५ गतेबाट हकप्रद बिक्री गर्दै सिभिल लघुवित्त
काठमाडौं,m साउन ७ । सिभिल लघुवित्त वित्तीय संस्थाको शत प्रतिशत हकप्रद सेयर साउन २५ गतेबाट बिक्री खुला हुने भएको छ । कम्पनीले १ः१ अनुपातमा ११ करोड ४१ लाख १४ हजार रुपैयाँको ११ लाख ४१ हजार १४० कित्ता सेयर बिक्री गर्ने भएको छ ।
हकप्रद सेयर निष्कासनका लागि सिभिलले असार १५ गते बुक क्लोज गरिसकेको छ । असार १४ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । हकप्रदमा साउन २५ गतेदेखि भदौ १४ गतेसम्म आवेदन दिन सकिनेछ ।
सिभिलको हकप्रदलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ । हकप्रदको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल रहेको छ । हकप्रदमा आवेदन दिनको लागि बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटलका साथै सिभिल लघुवित्त वित्तीय संस्थाका सबै शाखा र सेञ्चुरी बैंकका विराटनगर, पोखरा, नेपालगन्ज, वीरगन्ज, नारायणघाट, बुटवल, धनगढी र सुर्खेत शाखाबाट आवेदन दिन सक्नेछ ।
साथै बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ । ११ करोड ४१ लख १४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सिभिलको हकप्रद बिक्रीपछि चुक्ता पुँजी २२ करोड ८२ लाख रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्