आजबाट मापसे चेकिङ

काठमाडौं , साउन ७ । लकडाउन सुरू भएपछि रोकिएको मापसे चेकिङ आजदेखि सुरू भएको छ ।

सार्वजनिक यातायात सञ्‍चालनमा आएसँगै आजबाटै मापसे चेकिङ सुरु गर्न लागिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई आजबाटै मापसे चेकिङ सुरु गर्न निर्देशन दिइसकेको जनाएको छ ।महामारीका कारण ७ चैतबाट ट्राफिकले मापसे जाँच रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्