सिटिजन्स बैंकद्वारा बाल विकास समाजलाई डेढ लाख सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बाल विकास समाजलाई एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
करिब २८ वर्षदेखि बाल अधिकारबाट वञ्चित भएका नेपाली बालबालिकाहरुको चौतर्फी विकास गर्ने उद्देश्यका साथ स्थापित संस्थालाई आर्थिक सहयोग गरेको बैंकले जनाएको छ ।
उक्त रकमबाट १५ जना गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान हुनेछ ।
बैंकले पछिल्लो नौ वर्षदेखि आफ्नो वार्षिक कार्यतालिकाअनुरुप सामाजिक रूपान्तरणका लागि काम गर्ने बाल विकास समाजलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्