हिमालयन बैंकले गर्यो कान्ती बाल अस्पतलाई सहयोग

काठमाडौं, साउन ६ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कान्ती बाल अस्पताललाई सहयोग प्रदान गरेको छ।

बैंकले अस्पतालमा आउने सेवाग्राहीको सुबिधाको लागि अस्पताल हातामा रहेको उच्च प्रबिधियुक्त पानी प्रशोधन प्रणाली र्‍यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र यूएफ फिल्ट्रेसनको मर्मत–सम्भार गरी अस्पताललाई हस्तान्तरण गरेको छ।

बैंकको महाराजगन्ज शाखा मार्फत अस्पताललाई सो मेशिन मर्मत सम्भार गर्न बैंकले एक लाख ४२ हजार ९४५ प्रदान गरेको छ।बैंकका महाराजगन्ज शाखा प्रबन्धक अभय बहादुर शाहले उक्त मेसिनको मर्मत–सम्भार पछि अस्पतालका निर्देशक डा। कृष्ण प्रसाद पौडेललाई हस्तान्तरण गरेका हुन्।

बैंक तथा अस्पतालका अन्य कर्मचारीहरु पनि सो कार्यक्रममा उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्