मणिराम पोखरेल प्रभु बैंकको नायव सिइओमा नियुक्त

काठमाडौं, ६ असार । प्रभु बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा मणिराम पोखरेल नियुक्त भएका छन् । लामो समयदेखि बैंकिङ्ग करियर भएका उनी सात बर्षदेखि प्रभु बैंकमा कार्यरत छन् ।
सन् १९९० बाट पोखरेलले बैंकिङ करियर सुरु गरेका हुन् । उनले सुरुमा नबिल बैंकमा काम गरेका थिए । त्यसपछि नेपाल एसबीआइ हुँदै नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा काम गरेको अनुभव छ ।
यसैगरी प्रभु बैंकबाट दिनेश थकाली ठूलो जिम्मेवारी बोकेर प्रभु क्यापिटल पुगेका छन्। ८१ करोड रुपैयाँ चुक्ता पुँजी भएको क्यापिटलको उनी प्रबन्ध निर्देशकमा नियुक्त गरिएको छ। उनलाई सञ्चालक समितिको सदस्य र क्यापिटलको प्रमुख कार्यकारी दुबैको जिम्मेवारी दिइएको छ ।
थकाली चार्टर्ड एकाउन्टेन्ट हुन्। उनी प्रभु बैंक आउनअघि साङ्ग्रिला विकास बैंकमा थिए। त्यहाँ उनी कामु प्रमुख कार्यकारी अधिकृतसम्म भएका थिए । त्यसअघि उनी ८ बर्षसम्म हिमचुली विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए ।

प्रतिक्रिया दिनुहोस्