माथिबाट पहिरो आउँदा जिप त्रिशुलीमा बग्यो, ठाउँ–ठाउँमा सडक अवरुद्ध

काठमाडौं, साउन ६ । त्रिशुलीमा जिप बगेको छ । धादिङ, गजुरी गाउँपालिका ५ घाटबेशीस्थित पृथ्वी राजमार्गमा काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा २० च २०७७ नम्बरको जिप सडक अवरोध भइ रोकी राखेको अवस्थामा माथिबाट पहिरो आउँदा जिप त्रिशुली नदीले बगाएको हो ।

सोमबार आएको पहिरोले जिप बगाएको हो । यसैबीच पहिरोका कारण मुलुकका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यातायात ठप्प भएको छ । पाल्पा, तानसेन नगरपालिका १३ रानीमहलस्थित तानसेन–रानिमहल सडक खण्डमा सोमबार साँझ आएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरोध भएको छ ।

प्युठान, सरूमारानी गाउँपालिका ४ खहरे खोला, अँधेरी खोला र पाकुरी खोलास्थित भालुबाङ–प्यूठान सडक खण्डमा गएराति आएको बर्षाका कारण पहिरो आइ सडक पूर्ण रूपमा अबरोध भएको छ ।

गोरखा, गण्डकी गाउँपालिका २ पातिस्वारामा सोमबार दिउँसो कच्चि सडक भासिन गइ अन्दाजी ३ सय मिटर तलसम्म पहिरो खस्न जाँदा सोही ठाउँ बस्ने ७७ वर्षीय खड्क बहादुर परियारसमेत ५ जनाको घर गोठ र चौपाया समेत पुरिँदा करिब १७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्