नेपालका यी ८ जिल्ला भए कोरोना संक्रमणमुक्त, कुन कुन परे ?

काठमाडौं, साउन ४ । अहिले सम्म नेपालका ८ जिल्ला  कोरोना संक्रमणमुक्त भएका भएका छन् । भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी ८ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएका हुन् ।

हालसम्म नेपालमा कोरोनाभाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ६९५ पुगेको डा। गौतमले जानकारी दिए ।

आइतबारसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६९५ अर्थात ६६।२४ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले
जानकारी दिए ।

उनका अनुसार आज ५८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले बितेको २४ घण्टामा २७ प्रयोगशालाबाट ३ हजार ७४१ जनाको नमुना परीक्षण भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्