सुनको मूल्य बढ्यो, प्रतितोला कति ?

काठमाडौं,साउन ४ । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन भने तोलामा ९२ हजार ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आइतबार चाँदीको मुल्य पनि बढेको छ । यसैगरी आज चाँदी तोलामा रु १० ले बढेर प्रतितोला एक हजार पाँच रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी शुक्रबार तोलामा ९९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्