प्यूठान ट्याक्टर दुर्घटना: मृतक सातै जनाको पहिचान खुल्यो, घाइते एक जनाको उपचार हुँदै

काठमाडौं, साउन ४ ।प्युठानको स्वर्गद्वारीमा भएको ट्याक्टर दुर्घटना हुँदा मुत्यु हुने सात जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक सबै रोल्पाका हुन् ।

भिग्री(स्वर्गद्वारी सडकखण्डमा काम गर्ने रोल्पा रुन्टिगढी गाउँपालिका(५ बाइजाका २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, २५ वर्षीय कविराम बस्नेत र गोबद्र्धन बुढामगरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

ट्याक्टर दुर्घटनामा परी चालक त्रिवेणी गाउँपालिकाका रोल्पाका २५ वर्षीय कमल कुँवरको पनि मृत्यु भएको उनले बताए । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति १२ः५५ बजेको समयमा लु२च ४२३४ नं ट्र्याक्टर दुर्घटना भएको थियो । साउने सङ्क्रान्ति मानेर स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना भएको थियो ।
मृत्यु भएकाहरु भिंग्री स्वर्गद्वारी मोटरबाटो स्तरउन्नती गर्ने कामदार हुन् ।राती पानी परेका कारण उद्धार गर्न नसकिएको र अहिले नेपाली सेना, नेपाल प्रहरीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ । साउने संक्रान्ती मानेर फर्कने क्रममा दुर्घटना भएको बताइएको छ ।

ट्याक्टरमा ८ जना सवारमध्ये एक ट्र्याक्टरबाट हामफलेर बाँच्न सफल भएको जनाइएको छ । सडकबाट करिब ५०० मिटर तल खसेको छ । शव आफन्तलाई बुझाउने तयारी भएको प्रहरी निरीक्षक पौडेलले बताए । दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्