प्युठानमा ट्रयाक्टर दुर्घटना , सात जना कामदारको मृत्यु

काठमाडौं, साउन ४ । प्युठानमा ट्रयाक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा शनिबार राति लु२च ४२३४ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो ।
स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए।

उनका अनुसार दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छैन । प्रहरी निरीक्षक पौडेलले ट्र्याक्टरमा आठ सवारमध्ये एक जना बाँचेको उल्लेख गर्दै सात जनाको मृत्यु भएको जानकारी दिए।ट्रयाक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ। वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

भृङ्ग्री स्वर्गद्वारी सडक स्तारोन्नतिको काममा खटिएका मजदुर दुर्घटनामा परेका हुन्।मृत्यु हुने सबै रोल्पाका रहेको र पहिचान खुलिनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए।

अहिले नेपाली सेना र नेपाल प्रहरीबाट उद्दार कार्य भइरहेको पौडेलले जानकारी दिए।घटनाको विस्तृत जानकारी आउन बाँकी छ। वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्