डा. भट्टराई भन्छन -आफू पनि नजान्ने अरूको कुरा पनि नसुन्ने ‘अधम’ मान्छेले सरकार चलाइरहेको छ

काठमाडौं, साउन २ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू पनि नजान्ने अरूको कुरा पनि नसुन्ने ‘अधम’ मान्छेले सरकार चलाइरहेको टिप्पणी गरेका छन् । राजधानीमा भएको एक कार्यक्रममा बोल्दै डा। भट्टराईले संकटको वेला पनि सत्ताका लागि आन्तरिक किचलो र झगडामा मस्त ‘अधम’ मान्छेले सरकार सञ्चालन गरिरहेको बताए ।

जनताको जीवन र देशको अर्थतन्त्रमा खेलबाड भइरहेको उल्लेख गर्दै उनले भने, ‘उत्तम मान्छे आफ्नै विवेकले बुझ्छ । मध्यम मान्छेले अर्कोले भनेको मान्छ । ‘अधम’ मान्छले आफूले पनि जान्दैन र अर्कोले भनेको पनि मान्दैन । मचाहिँ हाम्रा शासकलाई अधमको कोठीमा राख्न चाहन्छु । किनकि यस्तो संकटको वेलामा शासनसत्तामा बस्ने मान्छेको आफ्नै किचलो र झैझगडा, सत्ताको भागबन्डामा महिनौ‌ँ बर्बाद गरिरहेको छ । देश र जनताको जीवनमाथि खेलबाड गरिरहेको छ ।’

जनता समाजवादी पार्टीका नेता भट्टराईले सरकारले नीति, कार्यक्रम र बजेटमार्फत कुनै ठोस कार्यक्रम नल्याएको बताए ।

प्रतिक्रिया दिनुहोस्