लघुवित्त वित्तीय संस्थाको कर्जामा ब्याजदरको सीमा निर्धारण
काठमाडौं, साउन २ । नेपाल राष्ट्र ब्यांकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीतिले लघुवित्त वित्तीय संस्थाहरुले ऋणीसँग १५ प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने बन्देज लगाएको छ।
लघुवित्तहरुको ऋणको ब्याजदर चर्को भएको भन्ने आलोचना र गुनासोलाई सम्बोधन गर्दै राष्ट्र ब्यांकले ब्याजदरको सीमा घटाइदिएको हो । यो यसअघि १८ प्रतिशत थियो।
त्यस्तै, सेवा शुल्क पनि ०।५ प्रतिशतभन्दा बढी लिन नपाउने प्रावधान लागू गरेको छ । यसअघि १ प्रतिशतभन्दा बढी सेवा शुल्क लिँदै आएका थिए।
राष्ट्र ब्यांकले अब लघुवित्त वित्तीय संस्थाहरुको अनुमतिपत्र जारी नगर्ने भएको छ । मौद्रिक नीतिले अनुमति माग्दै राष्ट्र ब्यांकमा निवेदन दिएका लघुवित्तलाई समेत अनुमतिपत्र नदिने व्यवस्था गरेको छ।
प्रतिक्रिया दिनुहोस्