सार्वजनिक सवारीमा इ–टिकेटिङ लागू हुने, कसरी तिर्ने यात्रुले भाडा ?

काठमाडौं, साउन २ । पछिल्लो समय कोरोनाका कारण देश नै लकडाउनमा रहेको छ । यसरी लामो समय सम्म देशमा लकडाउन भइरहदा जनातामा निकै सास्ती हुन पुग्यो ,यसरी लामो समय समम लकडाउन भइरहदा जनाता आफै खुकुलो बनाउने तरि लागे र सरकारले केहि खुकुलो गर्यो  अहिले चहलपहल बढेको  छ  तर यातायात भने त्यति चलेका छैनन् । केहि बस भने चन्ल थालीसकेका छन् । यसैबीच काठमाडौंमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको टिकट खरिदबिक्रीमा अटोमेटिक फेयर कलेक्सन ९एएफसी० प्रणाली लागू हुने भएको छ ।

कोरोनाका कारण भएको लकडाउनपछि सार्वजनिक सवारीसाधनमा यात्रु र सहचालकबीच स्पर्श गर्न नपर्ने, प्रविधियुक्त र आधुनिक सेवाको विस्तारसमेत हुने भन्दै इ–टिकेटिङ लागू गर्ने तयारी भएको हो । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रलाई प्रोत्साहन गरी आधुनिक प्रविधिको प्रयोगबाट अटोमेटिक फेयर कलेक्सन सिस्टम लागू गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले बताए ।

एएफसी प्रणाली सञ्चालनबारे महानगरले छलफल थालेको र अब छिट्टै यो प्रणाली लागू हुने उनले बताए । महानगरले पहिलो चरणमा काठमाडौंका चक्रपथसहित पाँचवटा मुख्य रुटमा चल्ने तीन सयवटा बसमा यो प्रणाली परीक्षणका लागि लागू गर्ने तयारी गरेको छ ।

अटोमेटिक फेयर कलेक्सन सिस्टमले ट्राफिक व्यवस्थापनलाई समेत सहज बनाउने महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । ‘सार्वजनिक यातायातको टिकटलाई विद्युतीय बनाएपछि बालबालिका, विद्यार्थी, ज्येष्ठ नागरिकलगायत कुन वर्गका मानिस यात्रा गर्छन्, कुन समयमा र कुन ठाउँमा यात्रुको बढी चाप छ, सूचना प्राप्त गर्न पनि सहज हुन्छ,’ एसएसपी ढकालले भने । एएफसी प्रणालीमा हरेक यात्रुले तिरेको रकम सीधै बैंक खातामा जम्मा हुने व्यवथा हुन्छ । फिनटेकका महाप्रबन्धक हेमन्त अग्रवालले काठमाडौंका विभिन्न रुटमा चल्ने १८ वटा बस कम्पनीसँग सम्झौता भइसकेको जानकारी दिए । ती कम्पनीसँग करिब १२ सय बस छन् । प्रणाली सञ्चालन गर्न महानगरले साझेदारहरूसँग समन्वय गरिरहेको जनाएको छ ।

यात्रुले भाडा कसरी तिर्ने ? 

यो प्रणाली बसमा जडान हुनेछ । बसमा चढ्दा र उत्रँदा यात्रुसँग भएको कार्ड ट्याब गर्दा स्वतः उसको यात्रा दूरी कायम भएर यातायात व्यवस्था विभागले तोकेको भाडा काटिन्छ । यदि कसैसँग कार्ड छैन भने सहचालकसँग कार्ड लिन सकिने प्रबन्ध मिलाइनेछ । कार्ड लिन नचाहने यात्रुलाई सहचालकसँग भएको मेसिनबाट विद्युतीय टिकट जारी गरेर भाडा लिइन्छ । बस रुटमा राखिने बुथबाट कार्ड निःशुल्क रिचार्ज गर्न सकिन्छ । कार्डमा बढीमा पाँच सय रुपैयाँ रिचार्ज गर्न सकिनेछ । त्यस्तै, बसभित्र रहेको मेसिन बैंक र मोबाइल एप्लिकेसनबाट पनि कार्ड रिचार्ज गर्न सकिन्छ । यसरी यात्रुबाट संकलन भएको रकम हरेक दिन साँझ स्वतः व्यवसायीहरूको बैंक खातामा जम्मा हुनेछ ।

यत कोरोना भाइरस संक्रमणको त्रासका कारण सार्वजनिक सवारी चलाउन झन्डै चार महिनादेखि लगाएको रोकावट सरकारले केही खुकुलो त बनायो, तर यातायात व्यवसायीले सरकारी निर्देशन अटेर गरे। जिल्लाभित्र मात्रै सार्वजनिक सवारी सञ्चालन गर्न पाइने सरकारी निर्णय यातायात व्यवसायीले मानेनन्। लामो समय गाडी गुडाउन नपाउँदा आर्थिक रुपमा धरासायी भएको र त्यसले गर्दा बैंक तथा वित्तीय संस्थालाई किस्ता र ब्याज तिर्न नसकेको हुँदा किस्ताको समय अवधि कम्तिमा ६ महिना बढाइदिनुपर्ने लगायतका माग व्यवसायीले राखेका छन्। आफूहरुका मागबारे सरकारसँग बारम्बार छलफल चलिरहेको यातायात व्यवसायीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्