प्रभु बैंकले पायो दुई अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने अनुमति
काठमाडौं, साउन २ । प्रभु बैंकले दुई अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ । बैंकले दुई अर्ब रुपैयाँको ऋणपत्र १० प्रतिशत प्रभु बैंक डिवेन्चर २०८४ु निष्कासन गर्ने अनुमति पाएको हो। यो सँगै अब बैंकले प्रतिकित्ता १००० रुपैयाँका दरमा २० लाख कित्ता ऋणपत्र बिक्री गर्ने छ।
जम्मा निष्कासनमध्ये ८ लाख कित्ता सर्वसाधारण तथा म्युचुअल फण्डका लागि बिक्री गर्नेछ। बाँकी १२ लाख कित्ता आफैले बिक्री गर्नेछ।
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।नेपाल धितोपत्र बोर्डले बैंकलाई १० प्रतिशत ब्याजदरमा ८ वर्ष अवधिका लागि ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो।
प्रतिक्रिया दिनुहोस्