भारतमा नेपालीमाथि ज्यादती, जबर्जस्ती कपाल मुण्डन गराई टाउकोमा लेखियो श्रीराम !
काठमाडौं , साउन २ । भारतमा बस्ने नेपालीमाथि भारतले ज्यादती गरेको छ । भारतको बनारसमा एक नेपालीमाथि ज्यादती भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र रहेको बनारसमा काम गर्न गएका एक नेपालीको भारतीय विश्व हिन्दु सेनाका कार्यकर्ताले जबरजस्ती कपाल मुण्डन गरेर जय श्रीराम लेखेका छन् ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्म नेपालमा भएको हो भारतमा होइन भन्ने अभिव्यक्ति दिएपछि भारतीय हिन्दुहरुले प्रधानमन्त्री ओलीले विरोध गर्दै आएका छन् ।प्रधानमन्त्री केपी ओलीले राम जन्मभूमि नेपालमा रहेको र भारतले नक्कली अयोध्या बनाई सांस्कृतिक हस्तक्षेप गरेको अभिव्यक्ति दिएकामा त्यसको मार भने भारतमा रहेका नेपालीले खेप्न बाध्य भएका छन् ।
त्यस्तै उनीहरुले प्रधानमन्त्रीलाई आफ्नो भनाइ फिर्ता लिन चेतावनी दिएका छन् । भिडिओ भाइरल भएपछि हिन्दु सेनाका कार्यकर्तालाई पक्राउ गर्न भारतीय प्रहरी लागि परेको आजतकले जनाएको छ ।
विश्व हिन्दु सेनाका संरक्षक अरुण पाठकले आफ्ना कार्यकर्ताले गरेको यस्तो कदम सही भएको भन्दै आफ्नो भनाइ फिर्ता लिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।
ओलीको अभिव्यक्तिपछि भारतमा रहेका नेपालीमाथि भारतीय हिन्दूवादीहरुले अनेकन ज्यादती दिन थालेका हुन् ।आफूलाई हिन्दू बताउने अतिवादी भारतीयहरुले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विरोध भन्दै त्यहाँ रहेका नेपालीमाथि गरेका ज्यादतीका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
जसमा हालै एक नेपालीलाई हिन्दूवादी संगठन विश्व हिन्दू सेनाले जबरजस्ती मुण्डन गराएर राम भारतमा जन्मेको भन्दै प्रधानमन्त्री ओलीको विरोधमा नाराबाजी गर्न लगाइएको भिडियो सार्वजनिक भएको हो ।
अतिवादी हिन्दूहरुले ती नेपाली युवाको जबरजस्ती कपाल खौरेर तालुमा जय श्रीराम लेखेको भिडियोमा देखिन्छ ।उत्तरप्रदेशको मुख्यमंत्री कार्यालयसंग कुरा भएको छ।
सामाजिक सञ्जालमा यस्तो भिडियो भाइरल भएपछि घटनाबारे चासो देखाउँदै भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले उक्त घटनाबारे उत्तर प्रदेशको मुख्यमन्त्री कार्यालयसँग कुरा गरिएको जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले असार २९ गते आदिकवि भानुभक्त जयन्तीका दिन हिन्दूहरुका भागवान राम नेपालमा जन्मिएको र अयोध्या पनि नेपालको वीरगञ्जनजिक ठोरीमा रहेको दाबी गर्दै अभिव्यक्ति दिनुभएको थियो ।
प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिएपछि त्यसको नेपालभित्रै र भारतमा पनि आलोचना भएको छ । स्वयं सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयमा बचाउमा प्रष्टीकरण वक्तव्य निकाल्नु परेको थियो ।
अब यसको जनस्तरसम्ममा पनि असर देखिन थालेको छ । सरकार र सत्ता तहमा सीमित भइरहेका असन्तोष र विवाद जनस्तरमै पुग्दा त्यसले दुई देशका जनताबीचको सम्बन्धमा गम्भीर असर पर्नेमा जानकारहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । पछिल्लो समय नेपालसँग भारतको विवाद बढ्दै जान थालेको छ ।
प्रतिक्रिया दिनुहोस्