गाउँपालिका अध्यक्ष माथि कार्यकक्षमै खुकुरी प्रहार
काठमाडौं, साउन २ । एक गाउँपालिका अध्यक्ष माथि कार्यकक्षमै खुकुरी प्रहार भएको छ । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की माथि कार्यालयमै खुकुरी प्रहार भएको हो ।
शुक्रबार पटके करको विषयमा स्थानीय भवन ठकुरीले खुकुरी प्रहार गरी अध्यक्ष कार्कीलाई गम्भिर घाइते बनाएको प्रहरी चौकी केराबारीका प्रहरी नायव निरिक्षक दिपक बरालले बताए । घाइते अध्यक्षलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको छ ।आक्रमण गर्ने ठकुरीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
आर्थिक बर्ष २०७६र७७ असार मसान्त सम्म गाउँपालिकाको पटके करको ठेक्का लिएका ठकुरीले साउन १ देखि गाउँपालिका आफैले कर उठाउन थालेपछि कार्की माथि आक्रमण गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्