कास्कीमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु
काठमाडौं, साउन २ । पहिरोमा परी २ जनाको मृत्यु र ३ जना हराइरहेको सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर ४, फुल्पिङमा बिहीबार राति फेरि पहिरो गएको छ। कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ ।
वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी ५स्४५ बजेको समयमा पहिरोले बगाउँदा उनका दुई जना नाति १६ वर्षीय कुशल र १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए ।
सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनै जनाको शव बाहिर निकालेका थिए । घरको २०० मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो । ढुङ्गा माटोले बनेको कच्ची घरको तीन वटा कोठा पहिराले बगाएको वडाध्यक्ष दवाडीले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गर्दै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल तथा प्रहरी प्रमुख जीवनराम श्रेष्ठ सहितको टोली घटनास्थलमा पुगिसकेको जानकारी दिए । घटनास्थल पोखराबाट उत्तर पश्चिम २० किमीको दूरीमा पर्दछ ।घरमा ६ जना सुतिरहेको अवस्थामा माथिबाट पहिरो खसेको थियो । घरको १ कोठा पहिरोले च्यापेको छ ।
बाँकी ३ जना शकुसल रहेको र घटनास्थलमा प्रहरीको टोली पुगेर शव बाहिर निकाली सकेको प्रहरीले जनाएको छ । बुधबार रातिको पहिरोमा बेपत्ता ३ जना अझै फेला परेका छैनन्। पहिरो थपिएकाले अहिले बिहान नेपाली सेनासहित जेसीबी मेसिन झिकाएर खोजी गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
जसले गर्दा त्यहाँको बस्ती नै विस्थापित भएको वडाध्यक्ष साङदोर्जे शेर्पाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्