सेयर बजारमा चमक , ३२ अंकले बढ्यो नेप्से, एक अर्ब चार करोडको सेयर किनबेच

काठमाडौ साउन १ । साताको अन्तिम कारोवार दिन बिहिबार नेप्से पुरै हरियो भएको छ । सेयर बजारले क्रमशः आफ्नो अग्रगति कायम गर्न थालेको छ । लक डाउनपछि खुलेको बजार विस्तारै तर क्रमशः उकालो यात्रामा लागेको छ । बजार मापक नेप्से सूचकका साथमा खरिदबिक्री रकममा पनि उत्साह जारी छ । नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको हो ।

आज नेप्से ३२ दसमलव ४२ अंकले बढेर १३ सय ९४ दसमलव ७७ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि छ दसमलव ८१ अंकले बढेर दुई सय ९५ दसमलव छ बिन्दुमा चढेको छ । एक सय ८० कम्पनीहरुको १६ हजार पाँच सय ४५ वटा कारोवारमा २९ लाख १४ हजार पाँच सय १८ कित्ता सेयर किनबेच हुदा कारोवार रकम एक अर्ब चार करोड १७ लाख ७० हजार आठ सय ६७ रुपैयाँ पुगेको छ ।

आज बाँणिज्य बैक समुहको सुचक ४० दसमलव ९९ अंकले बढेर ११ सय ९३ दसमलव ९९ अंकमा बिन्दुमा चढेकोमा बिकास बैंक समुहको सुचक ६० दसमलव पाँच अंकले बढेर १७ सय ७१ दसमलव ४८ अंकमा पुगेको छ बिन्दुमा चढेको छ । जलबिद्युत समुहको सुचक पनि नौ दसमलव ९२ अंकले बढेर नौ सय ७६ दसमलव १० बिन्दुमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ७९ दसमलव ३७ अंकले बढेर छ हजार तीन सय २४ दसमलव ५५ बिन्दुमा चढेको छ । लघुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको एनआईसी एशिया लघुबित्त बित्तीय संस्था प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९६ पैसाले बढेर पाँच सय ८५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको ओरन्टल होटल समुहको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ ३८ पैसाले घटेर तीन सय आठ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता पाँच सय २१ रुपैयाँ अन्तिम मुल्यमा नौ करोड ४१ लाख ७२ हजार पाँच सय ६४ रुपैयाँको कारोवार भएको छ । लक डाउन अघि बजार घटेर निकै तल्लो विन्दुमा आएकाले भाउ निकै सस्तो भएको अवस्था थियो । सस्तो भाउमा सेयर खरिद गर्नेहरु उत्साहित हुँदा अहिले सकारात्मक प्रभाव परेको हो ।

सेयर बजार सुधारमा केही मत्वपूर्ण पक्षहरुको भूमिका रहने गर्छ । हाम्रो सेयर बजार चक्रीय प्रणालीमा चल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्