आजदेखि काठमाडौं उपत्यकामा सररर…गुड्न थाले साझा बस

काठमाडौं, साउन १ ।साझा यातायातका बसहरु आजदेखि काठमाडौं उपत्यकामा चल्न थालेका छन्। साझाले २६ वटा बसमार्फत् काठमाडौँका अधिकांश रुटमा सेवा शुरु गरेको हो।सरकारी लगानीको साझा यातायात काठमाडौं उपत्यकामा आज(विहीबार)वाट सञ्चालनमा आएको हो ।

लकडाउन भएसँगै रोकिएको साझाले २६ वटा बसमार्फत काठमाडौंका अधिकांश रुटमा आजबाट सेवा सुरु गरेको हो ।साझाले सरकारले तोकेअनुसार सिट क्षमताभन्दा आधा मात्रै यात्रु राखेर बस सञ्चालन गर्न लागेको जनाएको छ ।

बस चढ्न मास्कको प्रयोग अनिवार्य गरिएको छ । पहिलेकै रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा सुरु गर्न लागिएको साझाले जनाएको छ ।सरकारले तोकेअनुसार सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गर्न गरिएको साझा यातायातका व्यवस्थापक महेन्द्र पाण्डेले बताए। उनका अनुसार साझाका बसमा चढ्दा यात्रुले मास्क लगाउनुपर्ने, सेनेटाइजरको प्रयोग गर्नुपर्ने र सामाजिक दूरी कायम गर्नुपर्ने छ। त्यस्तै भाडाका लागि खुद्रा पैसा बोक्नुपर्ने छ। साझाले पहिलेकै रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा शुरु गर्न लागिएको जनाएको छ।

आवश्यकतानुसार बस थप्दै लैजाने साझाको तयारी छ । सरकारले तोकेअनुसार नै भाडा लिइने उसले जनाएको छ ।मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि पनि यातायातले बसको मर्मतसम्भार भन्दै केही दिन बस थन्क्याएको थियो । साझाले अहिले काठमाडौं उपत्यकामा १० रुट तथा उपत्यका बाहिर पनि केही गन्तब्यमा सेवा दिईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्