काठमाडौंमा थपिए ७ कोरोना संक्रमित,, कुन जिल्लामा कति? (विवरणसहित)

काठमाडौं, असार ३१ । काठमाडौंमा बुधबार ७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुधबार काठमाडौंमा ७ जना थपिएका जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँका चार जनामा कोरोना संक्रमण भेटिएको हो ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका दुई जना र त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा कोरोना देखिएको उनले जानकारी दिए ।

मंगलबार काठमाडौमा २ जना, सोमबार काठमाडौंका ९ जना संक्रमित थपिएका थिए ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटाला एकजना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङ का एकजना, ताप्लेजुङका एकजना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका १३ जना संक्रमित भएका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ६ जना संक्रमित भएका छन् ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा नुवाकोटका एकजना, काठमाडौंका ४ जना र सिन्धुपाल्चोकका एकजना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ८ जना र नवलपरासी पूर्वका ११ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा रौतहटका ५ जना, त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा धादिङका एकजना, काठमाडौंका एकजना, पाल्पाका एक जना र गोरखाका एकजना संक्रमित भएका छन् ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँका ३ जना र म्याग्दीका ९ जना, चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी, सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका एकजना, दैलेखका ३ जना, जाजरकोटका एकजना, जुम्लाका २ जना, मुगुका एकजना, सल्यानका २ जना, सुर्खेतका २८ जना संक्रमित भएका छन् ।

यस्तै डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डडेलधुराका २ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्