भोलिदेखि अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने

काठमाडौं , असार ३१ । भोलिदेखि अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ । जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने व्यवस्था भोलि बिहीबारबाट हट्ने भएको छ । अब शुल्क लिने वा नलिने भन्ने निर्णय सम्बन्धित बैंकले नै गर्न पाउने भएका छन् ।

कोरोना संक्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल बैकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले एटीएम कार्ड जुनसुकै बैंकको एटिममा प्रयोग गर्दा पनि शुल्क नलाग्ने व्यवस्था गरेका थिए ।

तर, अब लकडाउन खुकुलो भएको र आवतजावत पनि सहज भएकाले बिहीबारदेखि शुल्कबारे बैंकले नै निर्णय गर्न सक्ने तीन वटै संस्थाले एक विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्कबारे पनि नेपाल क्लियरिङ हाउसले नै निर्णय गर्ने भएको छ ।

ग्राहकको भिड कम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै लकडाउनपछि बैंकहरुले अन्तर बैंक एटीएम सेवा लिँदा शुल्क लिएका थिएनन् । तर अब भने लिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्