कसले कहाँ कहाँ मेयर/अध्यक्ष आफ्नो पोल्टामा पारे ?
तेस्रो चरणको स्थानीय तह निर्वाचन प्रदेश नम्बर २ मा भइरहेको मतगणना अनुसार अहिलेसम्म ४ वटा स्थानीय तहका मत परिणाम सार्वजनिक भएको छ। जसमा नेकपा एमाले, माओवादी केन्द्र, रापजा र संघीय समाजवादी फोरमले एक–एक स्थानमा विजयी हाशिल गरेको हो। जसमध्ये संघीय समाजवादी फोरमबाहेक सबैले नगरपालिकामा मेयर र उपमेयर दुबै जितेका हुन्।
कहाँ कसले जिते ?
नेकपा एमालेले सप्तरीबाट प्रदेश नम्बर २ मा विजयी खाता खोलेको छ।
सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकामा एमालेका उम्मेदवार उतम कुमार शर्मा विजयी भएका हुन् । उनले माओवादीकेन्द्रका ध्रुव कार्कीलाई पछि पार्दै जीत हासिल गरेका हुन् ।
शर्माको ४३ सय ६१ मत आउँदा माओवादीकेन्द्रका कार्कीको ३६ सय ९० मत आएको निर्वाचन अधिकारी राजेन्द्र कुमार लम्सालले जानकारी दिए ।
लम्सालका अनुसार उपप्रमुखमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन्। उपप्रमुखमा एमालेकी आशा चौधरी ४ हजार ४ सय ६२ मत सहित विजयी भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी राज कुमारी चौधरीले ३ हजार ८ सय ८६ मत ल्याएकी हुन्।
सिरहाको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।
माओवादी केन्द्रका गंगा पासवान मेयरमा र उपमेयरमा पार्वती श्रेष्ठ विजयी भएका हुन्।
मेयरमा गंगा पासवान ४ हजार ३०९ मतसहित विजयी भएका छन्, भने उपमेयरमा माओवादी केन्द्रकै ज्ञानुकुमारी श्रेष्ठ ४ हजार ३१३ मतसहित विजयी भएकी छन्।
कर्जन्हाका ११ मध्ये ९ वटा वडामा माओवादी केन्द्र विजयी भएको छ। वडा नम्बर २ र ६ एमालेले र बाँकी सबै वडा माओवादी केन्द्रले जितेको छ। कर्जन्हा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा पर्दछ ।
सिरहाको विष्णुपुरमा समाजवादी फोरमले विजयी खाता खोलेको छ ।
संघीय समाजवादी फोरमले सिरहाबाट विजयी खाता खोलेको छ। सिरहाको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा समाजवादी फोरमका जागेश्वर यादव विजयी भएका छन्। उनले १ हजार ९ सय ४० मत ल्याएका ल्यएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका सत्यनारायण यादवले १ हजार २ सय ८० मत ल्याएका छन्।
उपाध्यक्षमा पनि समाजवादी फोरमकै अरहुलादेवी सिंह विजयी भएकी छन्। उनले २ हजार ७ मत पाएकी छन्। उनकी निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रकी ललितादेवी यादवले १ हजार २ सय २० मत पाएकी छन् ।
वडा नम्बर १ मा माओवादी केन्द्र, २ मा राजपा ,३,४ र ५मा समाजवादी फोरमले विजयी हासिल गरको छ।
दुई नम्बर प्रदेशको पहिलो मेयरमा राजपाको खाता खोल्यो
निर्वाचन भएको प्रदेश नम्बर २ को पहिलो अन्तिम मत परिणाम सार्वजनिक भएको छ। यो निर्वाचनबाट प्रदेश नम्बर दुईको पहिलो मेयर राष्ट्रिय जनता पार्टीको पोल्टामा परेको छ।
धनुषाको हंसपुर नगरपालिकामा राजपामा उम्मेदवार रामज्ञान मण्डल विजयी भएका छन्। उनले ३३२० मत पाएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धी कांग्रेस उम्मेदवारले ३२१९ मत ल्याएका थिए। निर्वाचन अधिकृत जीवनाथ पोखरेलका अनुसार नगरपालिकाको उपमेयरमा पनि राजपाकी उम्मेदवार रेणु झा विजयी भएकी हुन् । उनले ३२७६ मत पाइन्।
प्रतिक्रिया दिनुहोस्