मेलम्चीको सुरुङ मार्ग फुट्दा हराएका दुई कर्मचारी अझै फेला परेनन्, रोकियो परीक्षणको काम

काठमाडौं , असार ३१ ।मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परीक्षण गरिरहेका बेलामा हिजो दिउँसो एउटा ढोका फुट्दा पानीले बगाएर दुई जना कर्मचारी हराइरहेका छन् । उनीहरु अझै सम्म पनि फेला परेका छैनन् ।

आयोजनाको सुरुङको ढोका फुट्दा इन्जिनियर सतिश गोहित र चालक राधाकृष्ण थापा मगर बेपत्ता भएका छन् । उनीहरुको खोजी जारी भए पनि पत्ता लाग्‍न सकेको छैन । घाइते भएका कन्सल्ट्यान्ट दोर्जे पेम्बा र इञ्जिनियर शेखर खनालको उपचार भइरहेको छ ।

आयोजनाका एक इन्जिनियरका अनुसार सुरुङमा गलत तरिकाले ढोका बनाइँदा घटना भएको हो । ढोका भित्रबाट खोल्ने बनाउनुपर्नेमा बाहिरबाट खोल्न मिल्ने बनाइएको र सोही कारण घटना भएको उनले दाबी गरे । मेलम्ची खानेपानी आयोजनाको सुरुङको ढोका गलत तरिकाले बनाइँदा ढोका फुटेको आयोजनाका कर्मचारीले बताएका छन् ।
यता सुरुङको ढोका फुटेपछि अहिले पानी परीक्षणको काम रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्