अजोड इन्स्योरेन्सको आईपीओमा ५ लाख बढीको आवेदन

काठमाडौं, असार ३० । अजोड इन्स्योरेन्सको साधारण सेयर ९आईपीओ० मा ५ लाखभन्दा बढीको आवेदन परेको छ । कम्पनीको आईपीओमा ५ लाख २ हजार २९८ आवेदकबाट एक करोड ८१ लाख ६३ हजार ९९० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ ।

आवेदकको भेरीफाई गर्न बाँकी रहेकाले योग्य आवेदकको संख्या भने घट्न सक्ने बिक्री प्रबन्धकले जनाएको छ । यो आवेदन हालसम्म खुलेको आईपीओमध्ये सबैभन्दा धेरै हो ।
२७ लाख ३० हजार कित्ता सेयर १० कित्ताको दरले दुई लाख ७० हजार ३०० आवेदकलाई वितरण हुनेछ भने बाँकी रहेका २ लाख ३२ हजार आवेदकको भने हात खालि हुने भएको छ । यद्यपि आवेदकको भेरीफाइ हुन बाँकी नै रहेकाले आवेदकको संख्या केही घट्न सक्नेछ ।

कम्पनीले असार २५ गतेदेखि २९ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले निष्कासन कुल साधारण सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अथात् १ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषको छुट्याएको थियो । बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणलले आवेदन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्