आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी, सन्दीप लामिछानेलाई दिल्लीले किन्यो २० लाख भारुमा

काठमाडौं । नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आइपिएल खेल्ने पक्का भएको छ ।
सन्दिप लामिछाने आईपीएल टिम दिल्ली डेयरडेभिल्समा आवद्ध भएका छन् । आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर हुन् ।

आइतबार भएको अक्सनमा दिल्लीले १७ र्विषय नेपाली क्रिकेटर सन्दिपलाई किनेको हो । न्यूनतम मूल्य २० लाख भारु तोकिएको थियो । दिल्लीले २० लाखमा नै उनलाई किनेको हो ।

दिल्लीले १७ वर्षीय लेग स्पीनरलाई टिममा स्वागत गर्दै ट्वीट गरेको छः आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी ।

प्रतिक्रिया दिनुहोस्