म्याग्दी पहिरो अपडेट : मृतकको संख्या २० पुग्यो, अझै १३ जना बेपत्ता

काठमाडौं , असार २७ । अविरल वर्षाका कारण म्याग्दीको विभिन्न ठाउँमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।

पहिरोमा परी धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकाका २० जनाको मृत्यु भएको छ । पहिरोले पुरिएका मराङका ६२ वर्षीय तुलबहादुर केसीको शव शुक्रबार ९हिजो० भेटिएको थियो भने बाँकी सबै शव आज भेटिएको हो ।

आज धवलागिरि ६ मराङका ११, मालिका ७ बिमका ८ र रघुगंगा ६ ठाडाखानीका १ जनाको शव भेटिएको म्याग्दी प्रहरी प्रमुख डीएसपी किरणजङ्ग कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्