जाजरकोटको पहिरो अपडेटः ७ जनाको मृत्यु, ५ जना बेपत्ता
काठमाडौं , असार २६ । भारी वर्षासँगै आएको पहिरोमा परि जाजरकोटमा ७ जनाको मुत्यु भएको छ । जाजरकोटमा बिहीबार राति पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ जना मध्ये सात जना मृत अवस्थामा फेला परेका छन् ।
मृत फेला परेका सात जनामध्ये चारजनाको पहिचान खुल्न नसकेको जाजरकोटका डीएसपी किशोर श्रेष्ठले बताए ।पहिरोले घर बगाउँदा बेपत्ता भएका बारेकोट गाउँपालिका– ४ सार्कीगाउँका ५२ वर्षीय गोपाल सार्की र उनको ११ वर्षका छोरा अर्जुन सार्की, पाहुन आएका कुशे गाउँपालिका–९ का २० वर्षीया डिल्ली सार्की र १८ वर्षका वीरेन्द्र सार्कीको शव भेटिएको उनले बताए ।
अन्य चार अन्य तीन जनाको भने पहिचान खुल्न नसकेको उनले बताए ।बिहीबार रातिको पहिरोले बारेकोट गाउँपालिका– ४ सार्कीगाउँका गोपाल सार्की र कलु सार्कीको घर बगाउँदा १२ जना बेपत्ता भएका थिए ।
बेपत्ता अन्य पाँच जनाको खोजीकार्य जारी रहेको डीएसपी श्रेष्ठले बताएका छन् ।















प्रतिक्रिया दिनुहोस्