सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च,३० वटा ढोका खोलियो
काठमाडौं, असार २६ ।सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीले सप्तकोशी नदीमा पानीको बहाव बढेकाले उच्च मापन गरिको हो ।
सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पानीको बहाव यो वर्षकै उच्च हो ।
कोशीमा पानीको बहाव बढ्दो क्रममा रहेका कारण ५६ मध्ये ३० वटा ढोका खुला गरेको कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ । यसरी पानीको बहाव यो वर्षकै उच्च भएकाले तटीयक्षेत्रका स्थानीयहरुमा चिन्ता छाएको छ । उनीहरुमा बाढी र पहिरो आउने खतरा रहेकाले चिन्तामा परेका हुन् ।















प्रतिक्रिया दिनुहोस्