जिल्लाभित्र मात्रै सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय, भाडा भने बढ्ने

काठमाडौं, असार २५ । सरकारले जिल्लाभित्र मात्र चल्न पाउने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ ।उपत्यकामा तीन जिल्लाभित्र तथा उपत्यका बाहिर जिल्लाभित्र मात्र सार्वजनिक यातायात चलाउने दिने निर्णय गरेको हो ।

स्वास्थ्य मापदण्ड पालना गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अर्थ तथा सञ्चार मन्त्री डा युवराज खतिवडाले बताए । भोलिदेखि नै मापदण्ड पूरा गरी सार्वजनिक यातायात सञ्चालन गर्न पाइने मन्त्री खतिवडाको भनाइरहेको थियो ।सार्वजनिक सवारी चलाउँदा सिट क्षमता भन्दा आधा मात्र यात्रु राख्न पाइने र यात्रुलाई मास्क अनिवार्य गरिएको छ ।

क्षमता भन्दा आधा मात्र यात्रु बोक्न पाउने भएकाले सञ्चालन खर्च जुटाउन तोकेको भन्दा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको हो ।

ढोकामा स्यानिटाइजर राख्नुपर्ने र सवारी साधनभित्र सामाजिक दुरी हुने गरी यात्रु राख्नुपर्ने नियम लागू गरिएको छ । जोर–बिजोर प्रणाली सार्वजनिक यातायातका लागि समेत लागू हुने छ ।सार्वजनिक सवारी साधनले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न पाइने पाउनेछन् ।
त्यस्तै ट्याक्सीमा चालक बाहेक दुई जनासम्म यात्रु बोक्न पाउने गरी सञ्चालन अनुमति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्